Like us!
Follow us!

यी २ कम्पनीको साधारण सभा सोमबार हुँदै, के-के छन् एजेन्डा ?

यी २ कम्पनीको साधारण सभा सोमबार हुँदै, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं – भाेलि (साेमबार) विभिन्न २ वटा कम्पनीकाे वार्षिक साधारण सभा हुँदैछ । केयर रेटिङस नेपाल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे साधारण सभा साेमबार हुन लागेकाे हाे । 

१. केयर रेटिङस नेपाल लिमिटेड

केयर रेटिङस नेपाल लिमिटेडकाे भाद्र ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैथाे वार्षिक साधारण सभा कार्तिक ३ गते साेमबार, केयर रेटिङस नेपाल लिमिटेड, स्टार मल, दाेश्राे तल्ला, काठमाडौँमा बेलुका ३ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश (कर सहित) स्वीकृत गरिनेछ ।

२. ग्लोबल आइएमई क्यापिटल लिमिटेड 

ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा कार्तिक ३ गते, साेमबार कम्पनीकाे रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।