Like us!
Follow us!

बैंकर अनिल केशरी शाहलाई कारोना संक्रमण पुष्टि

बैंकर अनिल केशरी शाहलाई कारोना संक्रमण पुष्टि

लगानी खबर, काठमाडौँ - बैंकर अनिल केशरी शाहलाई कारोना संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले केही दिनअघि आफूले गन्ध थाहा पाउन छोडेको भन्दै डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएकाे बताएका छन् । गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । आइसोलेसनमा रहेको बेला उनले शनिबार पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्टाटसमा उल्लेख छ ।

साथै, हाल उनी घरमै क्वारेन्टिनमा बसेको जानकारी पनि उनले स्टाटसमा लेखेका छन् ।

यस्ताे छ उनकाे स्टाटस :

5f8bec3f94649.jpg 5f8bee382b8c9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।