Like us!
Follow us!

अपि पावरको माथिल्लो चमेलियाको निर्माण कार्य शुरू

अपि पावरको माथिल्लो चमेलियाको निर्माण कार्य शुरू

लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडले आफ्नो तेश्रो जलविद्युत आयोजनाको रूपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना हिजाे (कार्तिक १ गते, शनिबार) घटस्थापनाका दिन निर्माण कार्यको शिलान्यास गरेको छ ।

मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले आयोजनाको शिलान्यास गरेका हुन् । उक्त आयोजना हिजाे (कार्तिक १ गते, शनिबार) बाट शुरू गरी आगामी २० महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने गरी कार्य गरिरहेको कम्पनीले बताएको छ ।  

सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरिनेछ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी ४० मेगावाट क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत ने.वि.प्रा.को वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । 

यस आयोजना निर्माणका लागि जम्मा ७४० करोड रूपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २२२ करोड रूपैयाँ कम्पनीले आफ्ना शेयरधनीहरूलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई कम्पनीले काम गरिरहेको छ । बाँकी ७० प्रतिशतले हुने रकम ५१८ रूपैयाँ करोड हिमालन बैंक लिमिटेडको अगुवाईमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरू सहभागी भई आयोजनाको सह–वित्तियकरण (Consortium) बनाई बैंक ऋण प्रवाह गर्ने गरी वित्तिय व्यवस्थापन गर्ने सम्झौता भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।