Like us!
Follow us!

तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का !

तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का !

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएकाे छ । बैंकलाई  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेमा बैंककाे शेयर कारोबार रोक्का गरिएकाे हाे ।

सिटिजन्स बैंकले १००:९६ को स्वाप अनुपातमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न लागेकाे हाे । जस अनुसार तिनाउ मिसनको १०० कित्ता शेयर हुनेले सिटिजन्सको ९६ कित्ता शेयर पाउने छन् ।

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम सहारा विकास बैंक लिमिटेडको शेयर काराेबार आज (कार्तिक २ गते, आइतबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8bd7b7abef5.jpgयाे पनि :

सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने !

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।