Like us!
Follow us!

मुद्दती निक्षेपमा लगानी गर्दै नागरिक लगानी कोष

मुद्दती निक्षेपमा लगानी गर्दै नागरिक लगानी कोष

लगानी खबर, काठमाडौँ - नागरिक लगानी कोषले कोषमा रहेकाे लगानीयाेग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ । 

कोषले १२ अर्ब ५६ करोड ३ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे हाे ।

त्यसैगरी, कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई  आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर आज (कात्तिक २ गते, आइतबार) भित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।