Like us!
Follow us!

सिभिल लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका !

सिभिल लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका !

लगानी खबर, काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले असाेज २५ गते, आइतबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा आवेदन दिने आज (कार्तिक २ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

संस्थाले श्रावण २५ गतेदेखि भाद्र २९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे ११ हजार ६ सय ८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८ सय ४२ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हाे । 

प्रतिकित्ता मूल्य कति ?

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौँ तथा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामाेड, जनकपुर, हेटाैँडा, नारायणघाट, घाेराही तथा महेन्द्रनगरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।