Like us!
Follow us!

सिभिल बैंकको संस्थापक शेयर भर्ने म्याद थप !

सिभिल बैंकको संस्थापक शेयर भर्ने म्याद थप !

लगानी खबर, काठमाडौँ - सिभिल बैंक लिमिटेडले लिलामी मार्फत असोज १६ गते, शुक्रबारबाट बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयर भर्ने म्याद थपिएकाे छ । बैंकले ८ लाख ६७ हजार ६ सय ४ कित्ता शेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेकाे हाे । यसअघि असोज ३० गतेसम्म भनिएकाेमा अब मंसिर २ गतेसम्म दिन पाइने भएकाे छ ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले अब मंसिर २ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

त्यसैगरी,  आवेदकहरूले न्युनतम १० हजार कित्ताका लागि लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्ताका लागि भने कुनै हद ताेकिएकाे छैन ।  कम्पनीकाे शयरमा बिक्री प्रबन्धककाे काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । त्यसैले, लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।