Like us!
Follow us!

कति आयो मेगा बैंकको लिलामी शेयरको कट अफ प्राइस ?

कति आयो मेगा बैंकको लिलामी शेयरको कट अफ प्राइस ?

लगानी खबर, काठमाडौँ -  मेगा बैंक नेपाल लिमिटेडले असाेज ११ गते, आइतबारदेखि असाेज १८ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू हिजाे (असाेज २९ गते, बिहीबार) खोलिएकाे छ । उक्त शेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ ।

प्रारम्भिक विवरण अनुसार लिलामी शेयरमा सर्वसाधारण समुह तर्फ २१२ रुपैयाँ कट अफ कायम भएको छ भने संस्थापक समूहको लिलामी शेयरमा १०८ रुपैयाँ कट अफ आएको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएकाे छ । तर अन्तिम तथ्यांक भने आइसकेकाे छैन ।

बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।