Like us!
Follow us!

आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद :  माउन्टेन इनर्जी

आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद :  माउन्टेन इनर्जी

लगानी खबर, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडले एक सूचना प्रकाशन गर्दै आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद दिएकाे छ । कम्पनीले काेराेना भाइरसकाे कारण अर्थतन्त्रमा प्रतिकूल प्रभावका बाबजुद कम्पनीलाई विश्वास गरि साधारण शेयर भर्ने सम्पूर्ण लगानीकर्तालाई धन्यवाद प्रकट गरेकाे हाे ।

यसका साथै, कम्पनीले नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआइएल क्यापिटल लिमिटेड लगायतका अन्य निकायहरुलाई पनि धन्यवाद दिएकाे छ ।

कम्पनीले पहिलो चरणमा भाद्र ३१ गते, बुधबारबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावितलाई ६० प्रतिशत छुट्टाइएको छ । म्याग्दी जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन्। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f895efad6d4b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।