लगानी खबर, काठमाडौँ - सानिमा इक्विटी फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ ।
फण्डले नगद लाभांश वितरण गर्नको लागि कार्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे । त्यसैले कार्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
याेजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडकाे असाेज १८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि सानिमा इक्विटी फण्डकाे इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे हाे ।
फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।