Like us!
Follow us!

नागरिक लगानी कोषको शेयर प्रिमियर इन्स्योरेन्सले बेच्ने, प्रतिकित्ता मूल्य कति ?

नागरिक लगानी कोषको शेयर प्रिमियर इन्स्योरेन्सले बेच्ने, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौँ - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयर बिक्री गर्नका लागि गाेप्य शिलबन्दी बाेलपत्र आह्वान गरेकाे छ ।

कम्पनीले कोषको संस्थापक समूहकाे ५० हजार कित्ता शेयरहरू बाेलकबाेल प्रकृयाबाट बिक्री गर्न लागेकाे हाे । उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता एक हजार ९ सय ७५ रुपैयाँमा नघट्ने गरि निष्कासन सुरू भएकाे मिति अर्थात् आज (असाेज ३० गते, शुक्रबार) बाट कार्तिक १४ गतेभित्र  शिलबन्दी बाेलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f892a450fab4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।