Like us!
Follow us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड : ५ लाख ९० हजारको हात खाली, तपाईंलाई पर्यो कि परेन ?

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड :  ५ लाख ९० हजारको हात खाली, तपाईंलाई पर्यो कि परेन ?

लगानी खबर, काठमाडौँ - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते, बुधबारदेखि असाेज २५ गते आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (असाेज ३० गते, शुक्रबार) भएकाे छ ।

उक्त आइपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडकाे हलमा गाेलाप्रथाद्वारा गरिएको हो । जसमा २ लाख ७३ हजार जना आवेदकले १० कित्ता शेयर हात पारेका छन् भने ५ लाख ९० हजार ५ सय ८५ जना आवेदकको हात खाली भएको छ । ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो ।

यसैगरी, कम्पनीकाे आइपिओमा कुल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५ सय २० कित्ता आइपिओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३ सय ६० जना आवेदकबाट परेको ६२ हजार २ सय ८० कित्ता शेयरको आवेदन रद्द भएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ । 

त्यसैगरी, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।