लगानी खबर, काठमाडौँ - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते, बुधबारदेखि असाेज २५ गते आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (असाेज ३० गते, शुक्रबार) हुने भएकाे छ ।
हिजाे बिहीबार साँझ 'प्रि अलोटमेन्ट' सम्पन्न भएकाले आज बिहान ८ बजे क्यापिटलको हलमा बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।
कम्पनीकाे आइपीओमा अन्तिम दिनसम्ममा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७ गुणा धेरै हो ।
यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ७३ हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ६ लाख १५ हजार ७ सय ६ जनाको हात खाली हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।