लगानी खबर, काठमाडौँ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज (असाेज २९ गते, बिहीबार) काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएकाे छ ।
२०६४ सालमा दर्ता भै २०७४ साल मंसिर २८ गतेदेखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत सञ्चालक सदस्यहरूमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू समेत पारित गरेको छ ।
कम्पनीले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।