लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन तथा नयाँ अर्थमन्त्री प्रवेश भएकाे पहिलाे दिन आज (बिहीबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । आज बजार झिनाे अंकले मात्र बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १.२९ अंकले बढेर एक हजार ५६२.४६ मा पुगेकाे छ । नेप्से ०.०८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ अंकले बढेर ३१०.०८ मा पुगेको छ ।
कूल १९६ वटा कम्पनीकाे ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७ सय ३८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, बिहीबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको ७ कराेड ४० लाख ८४ हजार २ सय २३ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।