Like us!
Follow us!

विन्ध्यवासीनी हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

विन्ध्यवासीनी हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

लगानी खबर, काठमाडौँ - विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेकाे हाे । 

कम्पनीकाे सञ्चालक समितिले गरेकाे निर्णय अनुसार उक्त सभा कार्तिक १६ गते आइतबार, कम्पनीकाे कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा दिनकाे २ बजेबाट अनलाइनकाे माध्यमबाट सुरू हुनेछ ।

त्यसैगरी, विशेष साधारण सभाले सभामा सञ्चालक हुनको निमित्त लिनुपर्ने शेयर संख्या एक हजारबाट घटाएर एक सय गरी संशोधन गरी नियमावलीको नियम २८ लाई संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको यस वर्षको वार्षिक साधारण सभा नभएसम्मका लागि वर्तमान सञ्चालक समितिलाई नै निरन्तरता दिने सम्बन्धी प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f880f4e58db2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।