लगानी खबर, काठमाडौँ - युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।
कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीहरूको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा शेयर अभौतिकीकरण गरि हितग्राही खाता खाेलिसकेका शेयरधनीहरूलाई आफ्नाे हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेकाे हाे ।
कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई प्रति शेयर १०० रुपैयाँको दरले वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ ।
कम्पनीकाे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।