Like us!
Follow us!

मेगा बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै, कति आउला कट अफ प्राइस ?

मेगा बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै, कति आउला कट अफ प्राइस ?

लगानी खबर, काठमाडौँ -  मेगा बैंक नेपाल लिमिटेडले असाेज ११ गते, आइतबारदेखि असाेज १८ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू आज (असाेज २९ गते, बिहीबार) खोलिँदैछ ।

उक्त बाेलपत्रहरू बिहान १० बजे बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वर, काठमाडौंमा खाेलिनेछ । कोराेना भाइरस काेभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले सिमित व्यक्तिकाे माझमा फेसबुक लाइभ मार्फत बोलपत्र खोलिनेछ ।

बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5f869d9666d67.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।