लगानी खबर, काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते, शुक्रबारबाट असाेज २० गते, मंगलबारसम्म निष्कासन गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।
बैंकले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गरेकाे हाे ।
उक्त ऋणपत्र असाेज २६ गते साेमबार बाँडफाँड गरिएकाे ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटले जानकारी दिएकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।