लगानी खबर, काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले असाेज ११ गते, आइतबारदेखि असाेज १८ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू भाेलि (असाेज २९ गते, बिहीबार) खाेलिने भएकाे छ ।
उक्त बाेलपत्रहरू बिहान १० बजे बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वर, काठमाडौंमा खाेलिनेछ । कोराेना भाइरस काेभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले सिमित व्यक्तिकाे माझमा फेसबुक लाइभ मार्फत बोलपत्र खोलिनेछ ।
बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।