लगानी खबर, काठमाडौँ - एनएमबि हाईब्रिड फण्ड एल १ ले आज (असाेज २८ गते, बुधबार) बाट र एनएमबि ५० ले भाेलि (असाेज २९ गते, बिहीबार) बाट इकाईधनीहरुलाई धमाधम नगद लाभांश पठाउने भएका छन् ।
दुवै फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज १६ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गरेका थिए । त्यसैले, असोज १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।
एनएमबि क्यापिटल लिमिटेडकाे भाद्र ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले र एनएमबि ५० का इकाईधनीहरूलाई कर सहित ५ प्रतिशतका दरले याेजनाकाे प्रतिफल वितरण गर्ने घाेषणा गरिएकाे थियाे ।
त्यसैगरी, फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । यसका साथै, आफ्नो इकाई धिताे राखेका इकाईधनीहरुले प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
फण्डकाे योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।