Like us!
Follow us!

खुल्यो जनरल इन्स्योरेन्सको कारोबार, कतिमा भयो पहिलो कारोबार ?

खुल्यो जनरल इन्स्योरेन्सको कारोबार, कतिमा भयो पहिलो कारोबार ?

लगानी खबर, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे पहिलाे शेयर कारोबार भएकाे छ । प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे ३०५ रुपैयाँमा पहिलो कारोबार भएको हाे । 

नेप्सेमा साेमबार कम्पनीकाे १ कराेड कित्ता साधारण शेयर (आइपिओ) हिजाे मंगलबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत भएको थियाे । तर शेयर सूचिकृत भएपश्चात सर्वप्रथम प्रि ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने व्यवस्था अनुसार हिजाे प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले कारोबार हुन सकेकाे थिएन ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।