Like us!
Follow us!

नेपाल फाइनान्सले तोक्यो बुक क्लोज मिति

नेपाल फाइनान्सले तोक्यो बुक क्लोज मिति

लगानी खबर, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ ।फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले, कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ बराबर १.२५ को अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डबाट असाेज १९ गते, साेमबार अनुमति पाएको छ ।  

कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f86847c01183.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।