लगानी खबर, काठमाडौँ - सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज (असाेज २८ गते, बुधबार) हुँदैछ ।
फाइनान्सकाे असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीकाे केन्द्रीय कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेबाट शुरू हुनेछ ।
यसैगरी, सभामा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा सहमती भएपछि गत पुस २८ गतेदेखी नै फाइनान्सकाे शेयर काराेबार राेक्का गरिएकाे छ । त्यसैले, पुस २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।