Like us!
Follow us!

सनराइज बैंकका ग्राहकलाई बस र हवाई टिकटमा विशेष छुट

सनराइज बैंकका ग्राहकलाई बस र हवाई टिकटमा विशेष छुट

लगानी खबर, काठमाडौँ - सनराइज बैंक लिमिटेडले "स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौँ" अभियानलाई आत्मासाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

सनराइज बैंकका ग्राहकहरूले Sunrise Smart App प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट २ सय रूपैयाँ र हवाई टिकट मा प्रति टिकट ३ सय रूपैयाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरूको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरूको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ । सन्राइज बैंकले आफ्नो तेर्हाैँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी यो योजना ल्याएको हो । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।