Like us!
Follow us!

प्रभु मनि ट्रान्सफरको चार्डपर्व अफर

प्रभु मनि ट्रान्सफरको चार्डपर्व अफर

लगानी खबर, काठमाडौं – प्रभु मनि ट्रान्सफरले दशैं र तिहारलाई लक्षित गर्दै 'सुरक्षित मनाऔ‌ं महान् पर्व, प्रभुको उपहारसँग’ स्किम ल्याएको छ ।

यस योजना अन्तर्गत हरेक दिन ग्राहकले हरेक हप्ता ३२ इन्चको टिभी सहित प्रभुटिभि सेटअप बक्स पाउनेछन् । यसका साथै प्रभु क्यापिटलमा डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलको वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पाउनेछन् । यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने र पाउने दुवै लाभन्वित हुनेछन् ।

त्यसैगरी, यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुने कम्पनीले जनाएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।