लगानी खबर, काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेड ऋणीहरूलाई व्याज रकममा भारी छुट प्रदान गर्ने भएकाे छ ।
बैंकले हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरूलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरूले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको हाे ।
बैंकले व्याज रकममा १०% छुट असोज मसान्तभर प्रदान गर्नेछ । ग्राहकहरूले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरूमा समेत व्याजदर घटाएको छ ।
त्यसैगरी, बैंकले आउँदै गरेको नेपालीहरूको महान पर्व विजयादशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकहरूलाई बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।