Like us!
Follow us!

अब मिस्डकल गरेरै तिर्नुस् बिजुलीको पैसा

अब मिस्डकल गरेरै तिर्नुस् बिजुलीको पैसा

लगानी खबर, काठमाडौं – सनराइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरूप आफ्ना ग्राहकहरूलाई नविनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी मिस्डकल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरू गरेको छ । 
 
यस सेवाको सुरू सँगै अब देखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरूले बैंकले तोकेको मोबाइल  नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् । यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरूको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिट्टै कार्यानवयनमा आउने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकका ग्राहकहरूले Sunrise Smart App बाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् । विद्यमान महामारीको समयमा घरैमा बसी बसी यसरी विभिन्न सेवाका शूल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहकलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैंकको विश्वास छ । 
 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।