Like us!
Follow us!

यसकारण मंगलबार नेप्सेमा जनरल इन्स्योरेन्सको शेयर कारोबार नहुने !

यसकारण मंगलबार नेप्सेमा जनरल इन्स्योरेन्सको शेयर कारोबार नहुने !

लगानी खबर, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे शेयर कारोबार नहुने भएकाे छ । प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले मंगलबार कम्पनीकाे शेयर कारोबार नहुने भएकाे हाे ।

नेप्सेमा हिजाे कम्पनीकाे १ कराेड कित्ता साधारण शेयर (आइपिओ) आज मंगलबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत भएको थियाे । तर शेयर सूचिकृत भएपश्चात सर्वप्रथम प्रि ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने व्यवस्था अनुसार आज प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले कारोबार हुन नसकेकाे हाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

त्यसैगरी, कम्पनीकाे शेयर अब भोलि (बुधबार) को स्पेशल प्रि ओपनिङ्ग सेसनमा म्याचिङ्ग भइ कारोबार भएपछि मात्रै नियमित सेसनमा कारोबार हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।