Like us!
Follow us!

आजदेखि जनरल इन्स्योरेन्सको कारोबार खुल्ने, कति छ ओपन रेञ्ज ?

आजदेखि जनरल इन्स्योरेन्सको कारोबार खुल्ने, कति छ ओपन रेञ्ज ?

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) बाट जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे कारोबार खुल्ला हुने भएकाे छ । कम्पनीले हिजाे नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

हिजाे साेमबार कम्पनीकाे १ करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका जिआइसी (GIC) संकेत प्रदान गरिएको छ । 

5f83f948037de.jpg

5f83f94f58583.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।