Like us!
Follow us!

छोरी हुनेको घरमा अब निःशुल्क इन्टरनेट

छोरी हुनेको घरमा अब निःशुल्क इन्टरनेट

लगानी खबर, काठमाडौं – प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बिमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्न तयारी थालिएको छ । छोरी शिक्षा बिमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडान तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बिमा कार्यक्रममा २ माघ २०७६ यता बिमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियंका यादवले जानकारी दिइन् ।

गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालिकामा छोरी शिक्षा बिमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बिमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर संकलन गर्ने काम भइरहेको बताइन् । उनले महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको बताइन् । प्रदेशका सबै १३६ पालिकाले छोरी बिमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ । 

सुविसु इन्टरनेट कम्पनीले बिमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । - (रासस)

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।