Like us!
Follow us!

सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा विशेष छुट

लगानी खबर, काठमाडौं – सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २ हजार ५०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई  “First come first serve” को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि १ कार्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।