Like us!
Follow us!

गुराँस लाइफको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

गुराँस लाइफको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

लगानी खबर, काठमाडौँ - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असाेज १३ गते, मंगलबारदेखि असाेज १९ गते, साेमबारसम्म लिलामी मार्फत बिक्री गरेकाे अवितरित हकप्रद शेयरमा परेका बाेलपत्रहरू आज (असाेज २६ गते, साेमबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू अहिले १० बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालय, नागपाेखरी, काठमाडौंमा खाेलिनेछ । कोराेना भाइरस काेभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले फेसबुक लाइभ मार्फत बोलपत्र खोलिने निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर असाेज १३ गते, मंगलबारदेखि लिलाम बढाबढ गरी बिक्री गरेको थियाे । जसमध्ये, ३ लाख ३७ हजार ५ सय ६५ कित्ता संस्थापक समूहको शेयर रहेको थियाे भने २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f83e0c79b013.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।