Like us!
Follow us!

जनरल इन्स्योरेन्सको आइपिओ आज सूचीकृत हुँदै, कति पाउला ओपनिङ्ग रेञ्ज ?

जनरल इन्स्योरेन्सको आइपिओ आज सूचीकृत हुँदै, कति पाउला ओपनिङ्ग रेञ्ज ?

लगानी खबर, काठमाडौँ -  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत हुने भएकाे छ । 

जनरल इन्स्योरेन्सको शेयर सूचीकरणका लागि गत बिहीबार नै नेप्सेमा प्रक्रिया अघि बढाएकाले सोमबार सूचीकरण सम्झौताका लागि बोलाएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिएका छन् । कम्पनीको शेयर कारोबार मंगलबारदेखि सुरु हुनेछ । कम्पनीकाे साधारण शेयर (आइपिओ) सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा भने यसअघि नै जम्मा भइसकेको छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर १०१ रुपैयाँ ७६ पैसादेखि ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

जनरल इन्स्योरेन्स कम्पनीकाे प्रतिशेयर नेटवर्थ १०१ रूपैयाँ ७६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३०५ रुपैयाँ २८ पैसा हुन्छ ।

कम्पनीले असोज ११ गते आइतबारबाट असाेज १४ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त आइपिओकाे बाँडफाँड असाेज २० गते, मंगलबार भएकाे छ । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी ५ लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएकाे थियाे ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।