Like us!
Follow us!

कसलाई चुनियाे जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार ?

कसलाई चुनियाे जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले आज (असाेज २६ गते, साेमबार) बाट लागू हुने गरी नक्साल, काठमाडाैंस्थित कुमारी क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f83b2a03cfc1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।