Like us!
Follow us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा झण्डै ९ लाखले दिए आवेदन, पर्ने सम्भावना कति ?

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा झण्डै ९ लाखले दिए आवेदन, पर्ने सम्भावना कति ?

लगानी खबर, काठमाडौँ - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।

अन्तिम दिन बेलुका ५ बजेसम्ममा ८ लाख ८२ हजार ७ सय ३ जना आवेदकले १ अर्ब ८९ करोड ७५ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ८९ लाख ७५ हजार ६० कित्ताको लागि आवेदन  दिएका सीडीएसले जानकारी दिएकाे छ । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथि हुन सक्ने पनि सीडीएसले जनाएकाे छ ।

कम्पनीले असोज २१ गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

त्यसैगरी, न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् भने बाँकी करिब साढे ६ लाख भन्दा धेरैको हात खाली हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।