Like us!
Follow us!

यस साता ५ कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदै ?

यस साता ५ कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदै ?

लगानी खबर, काठमाडौं – यस साता विभिन्न ५ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । जसमध्ये, २ वटा कम्पनीकाे विशेष साधारण सभा रहेकाे छ भने बाँकी ३ वटा कम्पनीकाे वार्षिक साधारण सभा रहेकाे छ । 

यस साता साधारण सभा हुन लागेकाे कम्पनीकाे विवरण यस प्रकारकाे छ :

१. नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड :

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड भाद्र ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा असाेज २८ गते बुधबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन-१, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे असार ११ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १९ लाख ३६ हजार ८४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, संस्थाले साधारण सभा गर्ने प्रयाेजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । त्यसैले, असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

२. सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड :

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडकाे असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे विशेष साधारण सभा असोज २८ गते बुधबार, कम्पनीकाे केन्द्रीय कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा सहमती भएपछि गत पुस २८ गतेदेखी नै फाइनान्सकाे शेयर काराेबार राेक्का गरिएकाे छ । त्यसैले, पुस २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

३. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड :

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा असोज २८ गते बुधबार बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुनेछ । विशेष साधारण सभामा नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ । बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असोज १६ गतेदखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ । तसर्थ असाेज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

४. प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे असाेज ४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेश्राे वार्षिक साधारण सभा असाेज २९ गते, बिहीबार काठमाडौँ म्यारियट हाेटल, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

५. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड :

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे आश्विन ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १२औं वार्षिक साधारण आश्विन २९ गते बिहीबार, बैंककाे प्रधान कार्यालय, आदर्शनगर, वीरगञ्ज, पर्सामा बिहान ७:३५ बाट सुरू हुनेछ । सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।