लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १३.३७ अंकले घटेर एक हजार ५७६.२७ मा पुगेकाे छ । नेप्से ०.८४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ अंकले घटेर ३११.७३ मा पुगेको छ ।
कूल १९३ वटा कम्पनीकाे ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९९ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एउटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे शेयर घटेकाे छ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।