लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जसमध्ये बैंकले १५ अर्ब २५ करोड रूपैयाँ बराबरकाे पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेकाे हाे भने ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।
बैंकले ३६४ दिनकाे अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरकाे नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७८ साल असाेज २६ गते परिपक्क हुनेछ । भाेलि (असाेज २६ गते, साेमबार) ३ बजे बोलकबाेल भएर पर्सी (असाेज २७ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।
ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।