लगानी खबर, काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।
त्यसैगरी, कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । हकप्रद शेयर निष्कासन गरेपश्चात कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।