Like us!
Follow us!

जनरल इन्स्योरेन्सको आइपिओ शेयरधनीको डिम्याट खातामा

जनरल इन्स्योरेन्सको आइपिओ शेयरधनीको डिम्याट खातामा

लगानी खबर, काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  असोज ११ गते आइतबारबाट असाेज १४ गते बुधबारसम्म निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । कम्पनीको आइपिओ सीडीएससीले लगानीकर्ताको खातामा  पठाउन सुरु गरेको हो । 

हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन्  । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर १०१ रुपैयाँ ७६ पैसादेखि ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । जनरल इन्स्योरेन्स कम्पनीकाे प्रतिशेयर नेटवर्थ १०१ रूपैयाँ ७६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३०५ रुपैयाँ २८ पैसा हुन्छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त आइपिओकाे बाँडफाँड असाेज २० गते, मंगलबार भएकाे छ । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी ५ लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।