Like us!
Follow us!

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्नेलाई यस्ता उपहार

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्नेलाई यस्ता उपहार

लगानी खबर, काठमाडौं – सिभिल मलले दशैँतिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्तगर्त यामाहाको एफजेड बाइकदेखि होम एप्लियन्स र गिफ्ट भौचरहरु छन् ।

मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।

मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत यामाहाको एफजेड बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए। त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट ५ हजार रुपैयाँको नगद भौचर र एनआइसी एशिया बैंकका कार्ड होल्डरले हरेक सामानमा थप ५ प्रतिशत छुट पाउनेछन् ।

एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जनालाई ३ हजार रुपैयाँको गिफ्ट भौचर र एक जनालाई बोधि स्युइटमा २ रात ३ दिनको लागि पोखरा ट्रिपको पनि व्यवस्था गरेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन् ।

मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिनेछन्। लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ । उपभोक्ताले सिभिलम लकै सुचना पाटी तथा फेसबुक पेज ( www.facebook.com//MyCivilmall) बाट हेर्न सकिनेछ । यो योजना असोज २३ गतेदेखि मंसिर १३ सम्म चल्नेछ ।

सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।