Like us!
Follow us!

प्रभु डिजिटल बन्यो पब्लिक कम्पनी : आइपिओ ल्याउन खुल्यो बाटो

प्रभु डिजिटल बन्यो पब्लिक कम्पनी : आइपिओ ल्याउन खुल्यो बाटो

लगानी खबर, काठमाडौँ - प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्राईभेट लिमिटेड अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेलसहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको हो ।

हालै मात्र दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्राईभेट लिमिटेडको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

त्यसैगरी, पब्लिक लिमिटेड भएसँगै कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने बाटो समेत खुलेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।