Like us!
Follow us!

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आश्विन २९ गते, के-के छन् एजेन्डा ?

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आश्विन २९ गते, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ  - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे आश्विन ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आश्विन २९ गते बिहीबार, बैंककाे प्रधान कार्यालय, आदर्शनगर, वीरगञ्ज, पर्सामा बिहान ७:३५ बाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f80028710ade.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।