Like us!
Follow us!

केयर रेटिङस नेपालले डाक्यो साधारण सभा, कहाँ र कहिले ?

केयर रेटिङस नेपालले डाक्यो साधारण सभा, कहाँ र कहिले ?

लगानी खबर, काठमाडौँ - केयर रेटिङस नेपाल लिमिटेडले चाैथाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

संस्थाकाे भाद्र ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कार्तिक ३ गते साेमबार, केयर रेटिङस नेपाल लिमिटेड, दाेश्राे तल्ला, स्टार मल, काठमाडौँमा बेलुका ३ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश (कर सहित) स्वीकृत गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7fed3802783.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।