Like us!
Follow us!

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सम्झौता

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सम्झौता

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नगदको रूपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई IME Pay Digital Wallet को माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिइएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।