Like us!
Follow us!

नाडेप लघुवित्तकाे बोनस कहिले हुन्छ पारित ?

नाडेप लघुवित्तकाे बोनस कहिले हुन्छ पारित ?

लगानी खबर, काठमाडौँ - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचाै वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे भाद्र ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा असाेज २८ गते बुधबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन-१, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाकाे असार ११ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १९ लाख ३६ हजार ८४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, संस्थाले साधारण सभा गर्ने प्रयाेजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । त्यसैले, असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7eab30debc7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।