Like us!
Follow us!

मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रार चयन !

मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रार चयन !

लगानी खबर, काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग  लिमिटेडलाई नियुक्ती गरिएकाे संस्थाले जानकारी गराएकाे छ । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7e6afc1a4fd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।