लगानी खबर, काठमाडौँ - आज (बुधबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । बुधबार शेयर बजार दाहाेराे अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले बढेर एक हजार ६००.९७ मा पुगेकाे छ । नेप्से ०.९३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.१७ अंकले बढेर ३१६.३९ मा पुगेको छ ।
कूल १९५ वटा कम्पनीकाे १ कराेड २६ लाख ९९ हजार ५ सय ३५ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २ सय ९६ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज १० वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।
त्यसैगरी, बुधबार काराेबार रकमकाे आधारमा अरुण काबेली पावरले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे १५ कराेड २९ लाख २३ हजार ६ सय ६ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।