Like us!
Follow us!

आईएमई को-अपरेटिभले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

आईएमई को-अपरेटिभले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

लगानी खबर, काठमाडौँ - आईएमई को-अपरेटिभ सर्भिस लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको असोज २० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दशाैँ वार्षिक साधारण सभा कार्तिक १ गतेदेखि कार्तिक ४ गतेसम्म संस्थाको मुख्य कार्यालय वा पायक पर्ने केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । संस्थाले सहकारी विभागले असाेज १ गते प्रकाशन गरेकाे साधारण सभा सम्बन्धी सूचना अनुसार सभा गर्न लागेकाे हाे ।

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, शेयर सदस्यहरुलाई १८ प्रतिशत नगद लाभांश पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7d7f2684b46.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।